जनकपुरधामका उपमेयर किशोरीमाथि चप्पल प्रहार !

न्यूज डेस्क     २०७९ असार ५, आईतवार २२:०० बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि चप्पल प्रहार भएको छ ।

स्थानीयहरुले बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न माग गर्दै मेयरलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि आक्रमण गरेको हो । आक्रमण गर्ने समूहमध्येका एक महिलाले साहमाथि चप्पल प्रहार गरेकी छन् ।

 

मेयर कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरे । त्यस क्रममा पनि उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए ।

त्यस पश्चात उपमेयर साहमाथि आक्रमण भएको हो । प्रहरी टोलीले उपमेयर साहलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो ।

प्रतिक्रिया





Top