सबैलामा २४ घण्टा इमरजेन्सी सेवा संचालन,जनताको सेवा गर्न नसक्ने कर्मचारीलाई राजिनामाकाे आग्रह : मातृकाप्रसाद यादव

मधेशपाटी अनलाइन     २०७९ असार ६, सोमबार ०६:५० बजे मा प्रकासित



जनकपुरधाम । प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा इमर्जेन्सी सेवा उद्वघाटन समारोहमा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रीले भने औषधि तुरन्त खरिद गर्नु जनताको सेवा गर्न नसक्ने कर्मचारीलाई राजिनामा दिन आग्रह गरेको छ ।

उनले भने जनताको सेवा गर्न नसक्ने कर्मचारीलाई राजिनामा दिन आग्रह गरे । ‘जनताको सेवा गर्न चाहनु हुन्न भने राजिनामा दिएर जानुस् । जे मन लाग्छ गर्नुस् । यसअघि पनि नवनिर्वाचित जनप्रतिनिधिको सपथग्रहण हुँदा । कर्मचारीहरुकाे कुनै अत्तोपतोथिएन ’ उनले भने ‘यति अटेरी गर्ने ? जनताले कर्मचारीलाई कुट्दाप्रहरी कुदेर बचाउन आउँछन् । जनताको काम नभए, जनताले कुटाई खाए प्रहरीलाई पनि कुनै मतलब हुँदैन ।’

सबैजना आइसकेपछि बैभन्दा पछाडि आउने कर्मचारीकै प्रवृति र काममा लापरवाहीले देश बर्बाद भइरहेको नेता यादवले आरोप लगाए । यस अघि सबैलामा अन्य दलको स्थानीय सरकार हुँदा केही गरे बिगार्छ भन्ने डरले सहेर बसेको उनको भनाई छ ।

‘नेताले ५ रुपैयाँ खादा कर्मचारीले हजार रुपैयाँख खान्छन् । कसैले बोल्न सक्दैनन् । यिनीहरु यो मामलामा पुरै ट्रेन्ड रहन्छन् । म मन्त्री छँदा थाहा पाएको छु । यिनीहरु ट्रेनिंगमा जो फस्छन् जान्छन् ।’

अर्को प्रसंगमा उनले अख्तियार दुरुपयोगसंग नडराउन कर्मचारीलाई आग्रह गरे ।

जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य केन्द्रलाई चाहिने उपकरण, औषधि चाँडै र राम्रो खरिद गर्ने आग्रह गर्दै नेता यादवले भने ‘स्वास्थ्य केन्द्र संवेदनशील स्थान हो । जे जे औषधि उपकरण चाहिन्छ । तुरन्त खरिद गर्नुस् । नत्र दाम हुन्छ असली र सामान हुन्छ नक्कली । सही बिल भए अख्तियार केही गर्दैन । डराउनु पर्दैन ।’

उनले अख्तियार क्लिनचिट दिने निकाय रहेको आरोप लगाए । ‘अख्तियारलाई शेयर दिनेलाई छोड्छन् । नदिए समातेर दुस्मनी साध्छ । अख्तियारको काम यो हो । हामी सही काम गरे डराउनु पर्दैन ।’

कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले ग्रामिण भेगका अस्पतमा इमरेजन्सी सेवा नहुँदा समान्य बिरामी शहरको अस्पतालमा जानुपर्ने बाध्यता अहिले पनि रहेको बताउँदै चिन्ता व्यक्त गरे ।

सबैलामा २४ घण्टा इमरजेन्सी सेवा संचालन भएको यो स्वाथ्य केन्द्रलाई आवश्यक उपकरण र औषधिको लागि समाजिक विकास मन्त्रालयसंग समन्वय गरेर सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । सबैला नगरप्रमुख कारीराम यादवको अध्यक्षता एवं नेता मातृका यादवको प्रमुख अतिथिमा सो कार्यक्रम भएको थियो । यादवको गृहनगर सबैलाका मेयर उनका भाई हुन् ।

प्रतिक्रिया





Top