दुबईमा एक नेपाली नागरिक अलपत्र : ६ महिनादेखि न काम न दाम, उद्धार गरिदिन अपिल

मधेशपाटी अनलाइन     २०७९ असार ६, सोमबार ०९:५८ बजे मा प्रकासित



जनकपुरधाम । बिदेशी राेजगारीकाे सिलसिलामा कमाउन गएका सिरहा जिल्लाकाे धनगढिमाई नगरपालिका वडा नं ३ हनुमाननगर घर भएको विस्णु देव साह दुबईमा अलपत्र परेको छ । साहलाई विदेश पठाउने धनगढिमाई नगरपालिका वडा नं ११ आमचौक घर भएको एजेन्ट विनोद कुमार दासले बिष्णु देव साह संग ४ लाख ६० हजार पैसा लिएर विदेश पठाएको साहले बताए।

करिब ६ महिनादेखि दुबई गएको भईसकेको हुँदा पनि अहिलेसम्म उनले काम पाएको छैनन् र उनलाई खाना खान पनि कठिनाइ परेका छ । उनले पत्रकारलाई आफु फसेको गुनासो सुनाएको छ र उनले छिटो भन्दा छिटो नेपाल फर्काई दिनु अपिल गरेका छन् । नभए अब अन्तिम बिक्लप खोज्दै उहले भने म आत्महत्या गर्न बाध्य छु साहले संचारकर्मिलाई सुनाएका छन् ।

साउदी नेपाल रिकुप्मेन्ट प्रा.लि मार्फत गएको मेनपावर संग सम्पर्क गर्दा उनलाई बाईक डिलेभरि (राइडर ) लागि पठाएको र उनलाई सवारी चालक अनुमतिपत्र लिनका लागि दिएको ३ पटक परीक्षामा फेल भएको बताए । संचारकर्मि संग बिस्णु देव साहले आफ्नो वेथा सुनाए पछि हामी सम्पर्क गर्दा मेनपावरले हामी यता बाटै आब केहि गर्छु भने असवासन दिएका छन् ।

यदि बिस्णु देव साहले बिदेशी राेजगारीक्रममा दुबैमा अलपत्र परेका केहि भयो भने एजेन्ट विनोद कुमार दास र मेनपावर दोषी हुनेछ। साहलाई विदेश पठाउने धनगढिमाई नगरपालिका वडा नं ११ आमचौक घर भएको एजेन्ट विनोद कुमार दास संग याे नम्बरमा पटक पटक 9864844915/9816732378 मा सम्पर्क गर्न खोज्दा उहा संग अहिले सम्म सम्पर्कमा आउन सकेको छैनन् ।

प्रतिक्रिया





Top