राससकाे अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

मधेशपाटी अनलाइन     २०७९ असार ६, सोमबार २१:५८ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) अध्यक्षमा नवनियुक्त भएका छन् । वरिष्ठ पत्रकार झा विगत तीन दशकदेखि सक्रिय पत्रकारितामा क्रियाशील छन् ।

महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झालाई सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले राससको अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयको प्रस्तावमा सरकारले झालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको छ ।

प्रतिक्रिया





Top