बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव दर्ता

मधेशपाटी अनलाइन     २०७९ असार ७, मंगलवार ०८:१२ बजे मा प्रकासित


काठमाडौं । सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था हटाउनु पर्ने काँग्रेस सांसदहरूको संशोधन प्रस्तावमा उल्लेख छ भने यसअघि दर्ता भएको पाण्डे समूहको प्रस्तावमा पनि सोही आशय व्यक्त गरिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया





Top