धनुषा : हंसपुरमा शिलान्यास गर्दै मेयर यादवले भने जनताका भावना अनुसार काम हुने

मधेशपाटी अनलाइन     २०७९ असार ७, मंगलवार ०८:३८ बजे मा प्रकासित



जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिकाका मेयर प्रदिप यादवले हंसपुर नगरका जनताका भावना अनुसार काम गर्ने बताएका छन् ।शिलान्यास गर्दै मेयर यादवले भने वास्तवमा हामी जनप्रतिनिधि जनताको भावना बुझेर काम गर्दा मात्र समृदि नगर निर्माण गर्न सक्छौ ।

हंसपुर नगरपालिकाको वडा नम्बर ३ कठ्पुल्ला टोलमा पिसिसी ढलान पुजापाठ गरि विधिवत रुपमा मेयर यादव शिलान्यास गर्दै मेयर यादवले जनभावना अनुसारको काम गर्ने बताए।


हंसपुर नगरपालिका वडा नं ३ का अध्यक्ष उदय कुमार सिंह स्थानीयहरुको उपस्थिति रहेको थियो ।
सो पिसिसी ढलान कार्य सुरु भएपछि स्थानीयहरु हर्षित भएका छ्न ।

प्रतिक्रिया





Top