यस वर्षकै लामो दिन

मधेशपाटी अनलाइन     २०७९ असार ७, मंगलवार ०९:३८ बजे मा प्रकासित


 

आज यस वर्षकै लामो दिन हो ।

जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिनका रुपमा लिइन्छ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।

नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको  हुनेछ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।

भोलिदेखि बिस्तारै दिन छोटो र रात लामो हुँदै जान्छ ।

 

प्रतिक्रिया





Top