धनुषामा सात दिवसीय आधारभूत पत्रकारिता प्रशिक्षण तालिम समापन

मधेशपाटी अनलाइन     २०७९ असार ८, बुधबार ०६:५६ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषामा सातदिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम आज समापन भएको हाे । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र नेपाल पत्रकार महासंघ धनुषा शाखाको समायोजन संयोजनमा अषाढ १ बुधबारदेखि शुरु भएको साे आधारभूत पत्रकारिता प्रशिक्षण तालिम अषाढ ७ गते मंगलबार दिउँसो सम्पन्न भएको छ ।

साे तालिम नेपाल पत्रकार महासंघ धनुषा शाखाको भवनकाे माथिल्लो काेठामा आयोजना गरिएको थियो । इन्टरनेशनल अलर्ट र युरोपियन युनियनको सहयोगमा सम्पन्न तालिममा ३४ जना महिला र पुरुष प्रशिक्षार्थीलाई प्रमुख अतिथि भट्टराईले प्रमाणपत्र वितरण दिएको छ । कार्यक्रममा प्रशिक्षार्थीद्वय रजत कैसथ र चान्दनि झा तालिमका अनुभव प्रस्तुत गर्नु भएको थियो ।

तालिम सम्पन्न समारोहमा प्रमुख अतिथि भट्टराई लगायतका विशिष्ट अतिथिहरुले प्रमाण–पत्र वितरण गरेको थियो । भट्टराईले भने प्रशिक्षार्थीलाई तालिम लिएका पत्रकारलाई ईमान्दारिता पूर्वक कलम चलाउन समेत सुझाव दिए । उनले भने पत्रकार समाजकाे ऐना हाे ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाको अध्यक्षता र मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको प्रमुख अतिथिमा तालिम सम्पन्न गरिएको थियो ।

आधारभूत पत्रकारिता प्रशिक्षण तालिमको समापनमा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष उमेश साह, पत्रकार श्याम सुन्दर शशी, महासंघका केन्द्रीय कार्य समितिको कार्यक्रम संयोजक राम प्रसाद दहाल र प्रमुख अतिथि भट्टराई पत्रकार महासंघका सदस्यलगायतको उपस्थितिमा सम्पन्न भएको छ ।


प्रशिक्षक झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष वर्तमान राष्ट्रिय समाचार समिति (रासस) अध्यक्षमा नवनियुक्त भएका हुन। प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्न र अरु साथीहरुलाई पनि सिकाउन शुभकामना दिएका थिए ।धर्मेन्द्र झाले सहभागीहरुलाई आधारभूत पत्रकारिता प्रशिक्षण तालिम दिएको छ ।

 

प्रतिक्रिया





Top