धनुषामा अज्ञात समूहद्वारा एक युवकमाथि चाक्कु प्रहार

मधेशपाटी अनलाइन     २०७९ असार ९, बिहीबार ०५:३३ बजे मा प्रकासित



जनकपुरधाम । धनुषामा एक युवकमाथि अज्ञात समूहद्वारा ज्यान मार्ने प्रयास गरिएको छ ।

धनुषा जिल्लाकाे मिथिला बिहारी नगरपालिका तारापट्टि बाट घर फर्किने क्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं १० हारसर स्थित ५÷७ जनाको समुहमा महेन्द्रनगर बस्ने वर्ष ३२ का बसन्त यादवलाई ज्यान मार्ने प्रयास भएको हो ।

उनलाई डाइगर ,सकर,चक्कु लगायतका हातहतियारले घाँटीमा छुरा हान्न खोज्दा प्रतिकार गरि स्थानीय बासिन्दा खेतमा काम गर्ने महिलाहरुको सहयोगले ज्यान बचाउन सफल भए संगै मोबाईल फोन,पोकेटमा भएका पैसा सबै लुटपाट भएको घाईते यादवले बताए ।

 

“कसैलाई कुनै किसिमको दुख दिएको छैन । कसै संग कुनै झैझगडा नरहेको हुँदा पनि ज्यान मार्ने प्रयास गर्नु अच्चम लागेको घाईतेले बताए ।

उचित न्याय अपराधीलाई पक्राउ गरि न्याय दिलाउन प्रहरी संग गुहारे । घटना दिउँसो १२ः४५ बजेको समयमा भएको थियो ।

घटना थाह पाए लगतै हामी प्रहरी टोलि पठाएर आवश्यक कार्यवाही लागि प्रहरी खटिएको छ । अपराधीलाई पक्राउ गरि कारवाई गर्ने प्रतिवद्धता ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरक्षक बेचन यादवले बताएका छन ।

 

प्रतिक्रिया





Top