सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा प्रहरीको नियन्त्रणमा

मधेशपाटी अनलाइन     २०७९ असार ९, बिहीबार १०:४६ बजे मा प्रकासित



 

सिरहा।

लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभनपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डिएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

 

प्रतिक्रिया





Top