पब्लिक माविद्वारा मेयर कुशवाहालाई सम्मान, नगरलाई शिक्षा हब बनाउने प्रतिबद्धता ।।

मधेशपाटी अनलाइन     २०७९ असार ९, बिहीबार ११:४९ बजे मा प्रकासित



राधेश्याम कुशवाहा,०९ असार सर्लाही।। सर्लाहीको बलरा नगरपालिकाका नवनिर्वाचित मेयर तथा पुर्व प्रधानाध्यापक रामाशंकर कुशवाहालाई जिल्लाका विभिन्न विधालय लगायत शुभचिन्तकहरुद्वारा सम्मान गर्ने क्रम जारी रहेको छ ।

यसै क्रममा सदरमुकाम मलंगवास्थित श्पब्लिक माविले पनि शिक्षा क्षेत्रबाट राजनीतिकमा प्रवेश गरि मेयर जस्तो गरिमामय पदमा विजयी हुनु भएका उहाँलाई भव्य स्वागत गरेको हो । शिक्षक पेसाबाट राजनीतिकमा प्रवेश गरि समग्र शिक्षा पेसा कै शिर ठाडो राख्न सफल भएको र एउटा शिक्षकले समेत सफल नेतुत्व गर्न सक्ने प्रमाणित गरेको र उहाँका कारण समग्र शिक्षकले गौरवान्वित महसुस गर्न सफल भएको भन्दै जिल्ला विभिन्न शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी लगायत विधालयले सम्मान गर्दै आएको हो ।

विभिन्न शैक्षिक संस्था, विधालय र शिक्षक साथीहरूद्वारा पाईरहेको न्यानो माया र उच्च सम्मानले आफनो कार्यक्षेत्रमा थप बल मिलेको नगर प्रमुख रामाशंकर कुशवाहाले बताए । शिक्षा पेसाबाट राजनीतिकमा प्रवेश गरेका कारण बलरा नगरपालिकाको शिक्षा क्षेत्रको विकास र उत्थानका लागि एउटा मोडालिटी बनाएर काम गरिने बताए ।

सामुदायिक विधालयमा भएका व्यापक राजनीतिक, अनियमितता र भ्रष्टाचारका कारण मधेस प्रदेश कै शिक्षा क्षेत्र बदनाम हुँदै गएको छ, उनले भने। अभिभावकहरु गुणस्तरीय शिक्षाका लागि निजी विधालय रोज्न बाध्य हुँदैछ । आफ्नै कार्यकालमा बलरा नगरपालिकाका शिक्षा क्षेत्रमा भएका विकृति र विसङ्गतीलाई परास्त गर्दै सामुदायिक विधालयप्रती आम जनसमुदायले देख्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गरि सामुदायिक विधालयमा अभिभावक र विधार्थीको आकर्षण बढाउने र नगरलाई शिक्षाको हबको रुपमा विकास गरिने बताए ।

पब्लिक माविले पनि एउटा रात्रि भोजको आयोजना गरि मेयर कुशवाहा लाई अबिर, फुलको माला र गमछा ओढाएर भव्य सम्मान गरेको विधालयको प्रधानाध्यापक सुवाश कुमार यादवले जानकारी दिए ।

उहाँ नयाँ सोच, जोस जागर र भिजनका साथ शिक्षक पेसाबाट मेयरमा निर्वाचित भएका छन । उहाँ बलरा नगरपालिकाका समस्या गरिबी, अशिक्षा, स्वास्थ लगायत हरेक क्षेत्रका समस्याको साथै त्यहाँका माटोसंग परिचित रहेका छन । शासक वर्गबाट निरुत्साहित र निराश भएका जनतालाई परिवर्तन र विकासका अनुभुति गराउन एउटा ठोस योजना र प्रतिज्ञाका साथ नगर र जनताका विकासका निमित्त राजनीतिकमा आउनुभएको हो । उहाँ माथी विश्वास गरेर नयाँ सोच र विचार भएका युवालाई मेयरका रुपमा निर्वाचित गराउन सफल नगरवासीलाई प्रणाम र धन्यवाद दिन चाहेको बताए ।

एउटा शिक्षक हरेक क्षेत्रमा निपुण हुने गरेको र राजनीतिक सिकाउने व्यक्ती नै शिक्षक रहेका छन । राजनीतिककर्मी भन्दा बढी अनुभव शिक्षकको हुने गरेका छन । उहाँ शिक्षक पेसाबाट मेयरमा निर्वाचित भएपछि निश्चित रुपमै समग्र शिक्षक वर्गकै मान मार्यादा र सम्मान बढेका छन । उनले भने ।

एउटा शिक्षकले देश र जनताको सेवा र विकास गर्न र देश डोर्याउन सक्छ भने कुरा कुशवाहाले प्रमाणित गरेको भन्दै उहाँको प्रशंसा गरे ।

युवाहरु राजनीतिकमा आउनु देश र जनता एउटा शुभ संकेत रहेका छन । युवामा जोस, जागर र भिजन भएका कारण राजनीतिकमा भएका तानाशाही प्रवृत्ति र लुटतन्त्र अन्त्यका लागि युवा नेतुत्व आवश्यक रहेका छन ।
देश र समाज विकासका लागि युवाहरूलाई राजनीतिकमा आउनका लागि उहाँले आव्हान समेत गरे ।

बलरा नगरपालिकाका स्थानीय स्तरमा भएका मुख्य समस्याहरुको पहिचान र संकलन गरि समाजका जानकार व्यक्तित्व, विज्ञ, हरेक तह तप्काका व्यक्ति नागरिकहरुसंग छलफल गरि नयाँ नीति र योजना निर्माण गरि ईमन्दारीपुर्वक लागु गर्न प्रअ यादवले नवनिर्वाचित मेयरलाई सुझाए ।

पब्लिक माविले आयोजना गरेको मेयर सम्मान तथा रात्रि भोज कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइ, निमित्त इकाइ प्रमुख सुनिल कुशवाहा, प्रधानाध्यापक सुवास कुमार यादव, सहायक प्रअ रामकिशोर कुशवाहा, शिक्षक शैलेन्द्र तिवारी, चन्द्रभुषण महतो लगायत शिक्षकहरू उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top