५ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एकजना गिरफतार

मधेशपाटी अनलाइन     २०७९ असार ९, बिहीबार १२:१४ बजे मा प्रकासित


बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरले पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top