जलेश्वर कारागारमा आज बिहान एक कैदीको मृत्यु

मधेशपाटी अनलाइन     २०७९ असार १०, शुक्रबार ११:३३ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरीकाे जलेश्वरस्थित कारागारमा आज एक कैदीको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए ।

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिकावडा नम्बर १ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ

प्रतिक्रिया





Top