कृषि,स्वास्थ,शिक्षा तथा स्वरोजगार गोडैता नगरको समृद्धिको आधार भन्ने नाराका साथ नगरसभा सम्पन्न

मधेशपाटी अनलाइन     २०७९ असार ११, शनिबार ११:२१ बजे मा प्रकासित



राधेश्याम कुशवाहा, ११ असार सर्लाही ।। गोडैता नगरको कृषि, स्वास्थ शिक्षा तथा स्वरोजगार गोडैता नगरपालिकाको समृद्धिको आधार भन्ने नाराका साथ नीति तथा कार्यक्रम पारित गर्दै छैठो नगर सभा सम्पन्न भएको छ ।
गोडैता नगरपालिकाले नगरसभा मार्फत आर्थिक बर्ष २०७९÷८० का लागि कुल बजेट ६२ करोड २१ लाख ४७ हजार मध्ये पुजीगत तर्फ २३ करोड ७० लाख र चालु तर्फ ३८ करोड ५१ लाख ४७ हजार विनियोजन गरेको आर्थिक प्रशासन शाखाले जानकारी दिएको हो ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोडैता नगरको समृद्धि र विकासका लागि कृषि, स्वास्थ, शिक्षा तथा स्वरोजगारलाई पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको बताए ।

कृषिमा आधारित जीवन र अर्थतन्त्र गोडैता नगरको पहिलो सम्भावना हो । कृषिलाई वैज्ञानिक यान्त्रिक व्यवसायिक र स्वरोजगार प्राप्त गर्न क्षेत्रका रुपमा देखेका छौं । कृषि सित सम्बन्धित सबै व्यवस्थापन हाम्रो प्रस्थान बिन्दु बनेको छ । सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सुचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य छ । स्वच्छ, सफा र हरियाली युक्त पर्यावरण विकास गरि गोडैतालाई सामाजिक न्यायमा आधारित समाज बनाउने हाम्रो ध्येय रहेको मेयर यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

आन्तरिक सुशासन र सबल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकोले यो नीति तथा कार्यक्रम त्यसैतर्फ नै निर्देशित रहेको छ ।जनतासंग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने नगरपालिकाको प्रशासनिक भवन निर्माण, वडा कार्यालयहरुको क्षमता विकास, स्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अबलम्बन गर्न प्रस्ताव गरिएको छ ।

 

शिक्षा, स्वास्थ, रोजगारी, उधमशिलता, सामाजिक विकास, मानवसंसाधन विकास, ईतिहास, लोक संस्कृती, सम्पदा, सभ्यताको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्न, युवा तथा खेलकुद भौतिक पुर्वाधार विकास, बजार व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाइ, विपद व्यवस्थापन, न्यायनिरुपण, मानव अधिकार प्रबर्द्धन, सबै खाले हानिकारक सामाजिक अभ्यासहरु विरुद्ध, बालअधिकार संरक्षण र प्रबर्द्धन, यौनिक अल्पसंख्यकको सवाल निरुपण जस्ता विषयगत क्षेत्रहरूको लागि विशेष नीति तथा कार्यक्रम रहेको थियो ।

 

निति तथा कार्यक्रममा घोषणा कार्यक्रममा बोल्दै गोडंैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव नेपाल कृषि प्रधान देश भएकाले गोडैता नगरपालिकाले समृद्व र स्वरोजगार नगरपालिका निर्माणका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए । किसानहरुको मुख्य समस्याका रुपमा रहका रासायनिक मलको समस्या समाधान गर्नका लागि संघिय सरकारसंग विशेष पहल गरिनुको साथै किसानहरुको बिउविजन र किटनाशक औषधीमा समेत अनुदानका व्यवस्था मिलाईने बताए ।

 

नगरभरीका खेतियोग्य जमिनमा सिचाईको पहुँच निर्माणका लागि विधुत सेवा विस्तार गरिने, स्वालो ट्युबवेल जडान र कृषि सडक निर्माणका लागि विशेष पहल गरिने बताए ।कृषि क्षेत्र आधुनिकरण, उत्पादनमुखि र व्यवसायिक नभएसम्म समृद्व नगरको परिकल्पना समेत गर्न आधार नरहेका कारण गोडैता नगरपालिकाको कृषि क्षेत्रलाई जिल्लामै नुमना बनाउन विज्ञहरुसंग छलफल गरि एउटा मोडालिटी निर्माण आफनै कार्यकालमै नगरलाई कृषि हबको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्वतता गरे ।

 

५ बर्ष मुनिका बालबालिकाहरु, किशोरी तथा गर्भवतीहरुमा पोषणको अवस्थाको व्यापक स्किनिङ्ग गरि कुपोषण रहित नपाको घोषणा गरिने कार्यक्रम जोडदार रुपमा बढाईने, चालू आर्थिक बर्षमा आकस्मिक सेवाका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरि संचालनमा समेत ल्याइने, प्रत्येक गर्भवतीलाई सुरक्षित सुत्केरी गराउन घरबाट स्वास्थचौकी सम्म र सुत्केरी भइ सकेपछि घरसम्म पुर्याउन निशुल्क व्यवस्था मिलाईने, एक बर्षभित्रमा यस नगर क्षेत्रमा रहेका सडक, पुल, नाला, सिँचाइ नहर, कुलो खानेपानी, भवन, सडकबत्ती, कल्भर्ट तथा अन्य संरचनाहरुको डिजिटल लागत तयार गोडैता नगरपालिकाले जनाएको छ ।

मेयर यादवको अध्यक्षमा सम्पन्न भएको नगरसभालाई स्वास्थ शाखा प्रमुख प्रमोद पंडितले संचालन गरेका थिए । नगरसभा कार्यक्रममा नगर उपप्रमुख अंजना कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, वडा न १ देखि वडा न १२ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरु, सुरक्षा निकाय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया





Top