बरहथवा नगरपालिकाले प्रस्तुत गरे ७५ करोड ८९ लाख १२ हजारको बजेट

मधेशपाटी अनलाइन     २०७९ असार ११, शनिबार २२:११ बजे मा प्रकासित



लक्ष्मण यादव, ११ असार सर्लाही ।।

सर्लाही : बरहथवा नगरपालिकाले ७५ करोड ८९ लाख १२ हजार ३३८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध बरहथवा नगर निर्माणका लागि बरहथवा नगरपालिकाले आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि सातौ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो।

बरहथवाको नीति तथा कार्यक्रममा नगरपालिकाको केन्द्र भागमा रहेको बरहथवा बजारको पशु बजार,तरकारी बजार,माछा मासु बजार आदिलाई व्यवस्थित गरि बजार क्षेत्रमा युरिनल सहितको लैङ्िगक मैत्री शौचालय सञ्चालन तथा ब्यबस्थापन र नगर कार्यपालिकाको कार्यालय देखि वडा कार्यालय सम्मका सबै सडकहरूको स्तरोन्नति गरि नमुना सडक विस्तार योजना कार्यान्वयनमा ल्याउने तथा बरहथवा नगरपालिका वडा न.९ को “मुक्तेश्वर बाबा धाम´´ पर्यटकीय क्षेत्रको डि.पी.आर अनुसार निर्माण कार्य प्रारम्भ गरिने उल्लेख गरिएको छ ।

नगर कार्यपालिकाको नीति तथा कार्यक्रममा उल्लेखित अनुसार जम्मा १८ वटा वडा रहेको यस नगरपालिकामा वडा स्तरीय तर्फ ७ करोड ४९ लाख ७९ हजार विनियोजन गरिएको छ भने शिक्षामा २ करोड २६ लाख ६५ हजार , स्वास्थ्यमा २ करोड ५४ लाख ३५ हजार, कृषिमा २० लाख , पशुमा ३५ लाख र महिला तथा बालबालिकामा २० लाख रकम विनियोजन गरिएको छ ।

नगरप्रमुख कल्पना कुमारी कटुवालको अध्यक्षता, संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यता र अर्की संविधान सभा सदस्य कमला देवी महतोको विशिष्ट आतिथ्यतामा सातौ नगरसभाको उद्घाटन गरिएको छ ।

प्रतिक्रिया





Top