पेट्रोल, डिजल र मट्टितेलको भाउ घट्यो

न्यूज डेस्क     २०७९ असार १२, आईतवार ०९:१८ बजे मा प्रकासित


पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ ।
मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो ।

अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ ।

सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया





Top