धनुषामा साप्ताहिक सरसफाइ अभियानमा तिब्रता

न्यूज डेस्क     २०७९ असार १२, आईतवार १०:०० बजे मा प्रकासित


जनकपुरधाम।

धनुषाधाम नगरपालिका वार्ड नम्बर ३ स्थित रहेको धनुषाधाममा बृहत वाणगंगा (बालगंगा) नदिको सरसफाइमा तिब्रता स्थानीयहरु द्वारा दिएका छन्।

वार्डमा रहेको नेपाली बाबा(चट्टी-बाबा) सीताराम नाम कुट्टिको छेउबाट बग्ने वाणगंगा (बालगंगा) नदि स्थानीय युवा, समाजसेवी र सरसफाई अभियानिहरुको समुहले सर-सफाई गरेका छन्। वाणगंगा संरक्षण तथा साप्ताहिक सरसफाई अभियानको आयोजनामा वाणगंगा लक्षण सरोवरमा साप्ताहिक सरसफाइ अभियानको क्रममा दोस्रो हप्ताको दोस्रो शनिबारको कार्यक्रम सम्पन्न भएको अभियानका संयोजक प्रमोद कुमार यादवले जानकारी दिएका थिए र उहाँकै अगुवाइमा सरसफाई सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी वेस क्याम्प सरसा, इलाका प्रहरी कार्यालय धनुषाधाम नेपाल प्रहरी, रेल्वे ट्रक सरसफाई अभियानको संयोजक रुबि झा, सरसफाई अभियानी रामप्रित महतो, धीरेन्द्र साह, उमेश भण्डारी, दुर्योधन महतो, रवि सहनी, ज्ञान महतो, अमरेश महतो , शंकर ठाकुर , अवधेश महतो, राजेश कुमार साह, भगवानदत्त साह, जितेन्द्र भण्डारी, डाक्टर जय प्रकाश यादव, प्रेम चौहान, निशा अधिकारी, दुर्गेश यादव, मन्जु महतो लगायतका अभियानीहरुको उल्लेख्य उपस्थिति रहेको थियोे र प्रत्येक शनिबार बिहानको ७ बजे देखि उक्त कार्यक्रम संचालन हुदै आइरहेको छ ।

प्रतिक्रिया





Top