जयनाथ यादव, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टर पल्टिदा च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको हाे ।
ट्याक्टर निकाल्ने क्रममा पल्टिदा गाडी धनी ३५ बर्षीय विनोद यादवको मृत्यु भएको हो ।
स १ त ४५७१ नम्बरको ट्याक्टर मंगलवार खेत जोतेरे घर आउने क्रममा हिलोमा फसेको थियो ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार ट्याक्टर पल्टिदा यादव च्यापिए । निकालेपछि मृत्यु भईसेकेको थियो ।
मृतक यादवको शव पोस्टमार्टमका लागि लहानस्थित राम कुमार स्मारक अस्पताल पठाईएको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।








प्रतिक्रिया