जनकपुरधाम। धनुषाको शहिदनगर नगरपालिकामा एक पुरुषको शव पाेखरिमा फेला परेको छ।
शहिदनगर नगरपालिका वडा नम्बर ५ पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिएका छन ।
अन्दाजी ४०/४१ वर्षीय पुरुषको शव शनिबार बिहान फेला परेको प्रहरी निरीक्षक ढकालले बताएका हुन ।
उनले भने, ‘शवको प्रकृति हेर्दा दुई/तीन दिन अघिनै डुबेको जस्तो देखिन्छ, त्यसको यकिन पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ।’
तत्काल उनको नाम र ठेगाना खुल्न नसकेका उनी सो आसपासमा बारम्बार देखा परिरहने स्थानीयहरू बताउँछन्।
मानसिक सन्तुलन समेत ठीक नरहेका भनिएका उनले लगाएको लुगा पोखरी किनारमा भेटिएको छ।
लुगा फुकालेर नुहाउनको लागि पोखरीमा गएको हुनसक्ने त्यहाँका स्थानीय बासिन्दाले बताए।शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएकाे छ।








प्रतिक्रिया