जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा शिक्षाको स्तर जटिल बन्दै गएको हाे ।
शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा अहिलेसम्म बालबालिकाहरुले अझै किताब पाउन सकेका छैनन् । शहिदनगर नगरपालिकाभित्र रहेको समुदायिक विद्यालयका बालबालिकाहरुले किताब नपाउँदा उनीहरुको अध्ययन अध्ययापनमा समस्या भएको छ ।
यसअघि समयमै पाठयपुस्तक प्राप्त गर्दै आएका बालबालिकाहरुले नयाँ शैक्षिक सत्र २०७९ मा अहिलेसम्म पाठयपुस्तक पाउन नसक्दा उनीहरु मारमा परेका छन् ।
गर्मी विदा हुने समय हुन लाग्दा पनि बालबालिकाहरुले हातमा किताब पाउन नसक्दा अभिभावकहरु आक्रोसित भएका छन् । उनीहरुले विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
प्राविका शिक्षकलाई शहिदनगर नगरपालिकाको शिक्षा शाखा सँयोजक बनाएपछि नगरभरिको विद्यालयहरु अनिर्णयको बन्दी बन्न पुगेको भन्दै अभिभावकहरुले शिक्षा शाखामा समेत तालाबन्दी गर्ने चेतावनी दिएको हो ।
यो साताभित्र बालबालिकाहरुले किताब नपाए शिक्षा शाखा, हेडमास्टरहरुको कार्यालय घेराउ गरि तालाबन्दी गर्ने चेतावनी दिएका छन ।








प्रतिक्रिया