राधेश्याम कुशवाहा, २० असार सर्लाही।। सर्लाहीको बलरा नगरपालिका का प्रमुख प्रशासकिय अधिकृतका रुपमा उमेश महतो हाजिर भएको छ ।
बलरा नगरपालिकाकाका मेयर रामाशंकर कुशवाहाले एक कार्यक्रमका बिच हाजिर भएको प्रमुख प्रशासकिय अधिकृत महतो लाई स्वागत तथा सम्मान गरेको हो ।
केन्द्रका प्रतिनिधिको रुपमा बलरा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी रहेकोमा नगरपालिकाको कार्य सम्पादन, कार्यान्वयन र संचालनमा छिटो छरितो तथा पार्दशिता ल्याउन उमेश महतो लाई हाजिर गराएको मेयर रामाशंकर कुशवाहाले बताए ।
चुनावको समयमा निर्वाचित जनप्रतिनिधिहरु जनसमुदायसंग विकासका लागि विभिन्न वाचाहरु गरेका हुन्छन । ती विकासका वाचाहरु कानुनी रुपमा कार्यान्वयन गर्न र कानुनी राय, सल्लाह सुझाव र दिशानिर्देशनका लागि प्रमुख प्रशासकिय अधिकृतको भुमिका हुनेमा जोड दिए ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको ५ बर्से कार्यकाल कानुन संगत सफल बनाउन, नगरका समृद्धि र विकासका लागि कसैसंग कुनै किसिमका पुर्वाग्रह नराखी स्वच्छ तरिकाले नगरपालिका संचालनका लागि मेयर कुशवाहाले आग्रह समेत गरे ।
बलरा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी लिदै नगरको व्यवस्थित, नियम कानुनमा टेकेर संचालन गर्नमा खरो उत्रिने महतोले बताए । नगरपालिकाको व्यवस्थित, स्वच्छ तरिकाले संचालनका लागि जनप्रतिनिधि र कर्मचारी बिच सामान्जस्य कायम गरी सबैसंग हातेमालो गरि अघि बढने र नगरको नमुनाको रुपमा विकास गर्न तपाईहरुको साथै राष्ट्रसेवक कर्मचारीको समेत साथ र सहयोग रहनेमा प्रतिबद्धता व्यक्त गरे ।
बरहथवा नगरपालिका वार्ड न.३ हजरिया निवासी प्रमुख प्रशासकिय अधिकृत महतो यस अघि जिल्ला समन्वय समिती धनुषामा कार्यरत थिए ।
विगत ५-६ महिनादेखि बलरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जनस्वास्थ्य अधिकृत कौशलेन्द्र कुमार मिश्र थिए ।








प्रतिक्रिया