जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक युवकको मृत्युु भएको छ ।धनुषा जिल्लाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर-६ कठाल बस्ने समाजसेवी युवा पशुपति गुप्ता आफ्नो घरमाथी एलिवष्टर चढाउने क्रममा ११ हजार भोल्टेजको नाङ्गो तारबाट करेन्ट लागेर मृत्युु भएको छ ।
पशुपति गुप्ताको निधन भएको कुरा सुनेर सिङ्गो गाउँ नै सोकमा रहेको बताए ।अध्यक्ष यादवले दु:ख व्यक्त गर्दै भने असार १५ गते शुक्रबारको दिन जनक नन्दिनी गाउँपालिका र कठाल बासीले एउटा कर्मठ समाजसवी युवा गुमाए ।
बिगतको ५ वर्ष पालिका अध्यक्ष र वडा अध्यक्षलाई जनताले कानमा गुनगुनाहट बताएको होला तर ध्यान नदिएको वडाका लापरवाही गर्दा यस्तो घटना घटेको हाे ।सबै नवनिर्वाचित वडा अध्यक्षहरुलाई भनेर जहाँ समस्याहरु छ तुरुन्तै जानकारी गराउन भन्छु । साथै समन्धीत निकाय बिद्युत प्राधिकरणलाई जानकारी गराएर जनक नन्दिनी गाउँपालिकाका छौटै वडामा नङ्गाे तारहरु पहुचभन्दा टाढा राखन । जहाँ पलहरुको अवश्यक्ता छ पलिनिङ्ग गर्ने यस्ता समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गरने छौं ।
उक्त घटनालाई सम्झिदै गाउँपालिका अध्यक्ष दिपिन देव यादवले उसको परिवार प्रती र उहाँको आसमायिक निधन प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन ।








प्रतिक्रिया