जनकपुर : अस्पताल क्षेत्रमा सवारीसाधान जाम, ट्राफिक प्रहरी मोबाईलमा ब्यस्त

मधेशपाटी अनलाइन     २०७९ असार २०, सोमबार २३:०५ बजे मा प्रकासित



जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित अति व्यस्त मानिने अस्पताल सडक आवतजावतमा जामको कारण विरामीहरुलाई अधिक कठिनाई परेको छ ।

प्रादेशिक अस्पताल क्षेत्रमा चल्ने सवारी साधनको भीड र जाम जतिबेला पनि हुने गरेको सो क्षेत्रमा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन छाडेर औषधी पसलमा मोबाईल चलाउँदै व्यस्त देखिन्छन् ।

सार्वजनिक भएको तस्विरमा अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ट्राफिक जाम मिनटौँ भएपनि व्यवस्थापनको लागि डयुटीमा खटिएका ट्राफिक प्रहरी अमित कुमार झाले मोबाईल चलाउँदै व्यस्त देखिए ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ट्राफिक जाम अधिक हुने गरेको छ । सोमबार बिहान अस्पतालदेखि रामानन्दचोक जाने बाटोमा सवारीको अधिक जाम हुँदा पनि ट्राफिक प्रहरी अमित कुमार झाले एक औषधी पसलमा बसेर मोबाईल चलाउँदै व्यस्त देखिए ।

सोही जाममा परेका एक युवकले ट्राफिक प्रहरी झाको फोटो खिचेर समाजिक सँजालमा सार्वजनिक गरेका छन् । युवकले अस्पताल क्षेत्रमा भएको जाम र मोबाईल चलाउँदै व्यस्त देखिएका ट्राफिक प्रहरी झाको तस्विर सँगै राखेका छन् ।

प्रतिक्रिया





Top