मटकोरमा डिजे बन्द गराउन पुगेका असई यादवलाई नाच्ने युवकहरुले घेरा हालेर झण्डै कुटिए,प्रहरी डरले भागे

मधेशपाटी अनलाइन     २०७९ असार २१, मंगलवार ०७:२४ बजे मा प्रकासित



जनकपुरधाम । धनुषामा डिजे बन्द गराउन पुगेका धनुषा प्रहरीलाई कुटिएकाे छ ।

धनुषाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित डिजे बन्द गराउन गएका प्रहरी चौकी माचीका असई दशरथ यादव झण्डै कुटिएका छन् ।

बिहेको मटकोरमा डिजे बन्द गराउन गएका असई यादवको टोलीलाई डिजेमा नाच्ने युवकहरुले घेरा हालेर झण्डै कुटेका छन् । प्रहरीलाई घेरा हालेर डिजे बजाएपछि प्रहरीले नीरिहिता झल्काएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरी मातहत पर्ने प्रहरी चौकी माचिका प्रहरीलाई घेरा हालेर कुटिने अवस्था सृजना भएपछि खजुरी प्रहरीले पठाएको थप टोलीलाई प्रहरी असई दशरथ यादवले फिर्ता पठाएका थिए ।

ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक निरञ्जन घिमिरेले प्रहरीलाई अटेरी गरेकोले डिजे नियन्त्रणमा लिने र प्रहरी असईले कमाण्ड अटेरी गरेको भन्दै एक्सन लिने बताए ।

धनुषा प्रहरीले स्वयँम गरेको निर्णय उलंघन र नियम कानुनलाई खिल्ली उडाउँदै गर्दा माचि प्रहरी चौकीका असई डरले भागेका थिए ।

टोलमा गुण्डागर्दीसहित अन्य समाजिक अपराधिक गतिविधिमा सँलग्न रहँदै आएका टोले गुण्डाको फोन दबाबपछि धनुषा प्रहरीले पछि हटन बाध्य भएका थिए ।

 

प्रतिक्रिया





Top