जनकपुरबाट अपहरणमा परेका बालकलाई उद्धार , ५५ वर्षीया खातुनमहिला पक्राउ

न्यूज डेस्क     २०७९ असार २१, मंगलवार २२:२९ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामबाट अपहरणमा परेको १५ दिनपछि एक बालकलाई अपहरणमुक्त गराउन धनुषा प्रहरीले सफल भएको छ ।

 

ती बालकलाई गत ६ असारमा अपहरणमा परेको भारतको सीतामढी बैरगिनिया प्रखण्ड बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीलाई प्रहरीले अपहरणमुक्त गराएको हो ।

बालक अपहरणमा परेको सूचना पाएलगत्तै प्रहरीले खोजतलाश गर्दै जाँदा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ४ बाट मंगलबार फेला पारेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन ।

बालकको अपहरणमा संलग्न रहेको आरोपमा एसपी रजौरेले सोही ठाउँ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको समेत बताए ।

अनुसन्धानको क्रममा अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी खातुनले छोरा पाउने लोभमा सोहनलाई अपहरण गरेको हुन सक्ने एसपी रजौरेले बताए । खातुनले १५ दिनसम्म सोहनलाई आफ्नै घरमा राखेकी थिइन् ।

गत असार ६ गते साँझ जनकपुरधामस्थित भ्रमरपुरा चोकमा बालक खेलिरहेको बेला उनलाई एक महिलाले आफूसँगै लगेको सिसिटिभी फुटेज फेला पारेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो ।

खातुनको छोरा नभएकै कारण उनले सोही लोभमा सोहनको अपहरण गरेको एसपी रजौरेले जानकारी दिए ।

पक्राउ परेकी खातुनविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा लगाएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top