जनकपुरधाम । अमेरिकाको अन्तरिक्ष संस्था नासाले चीनले चन्द्रमा कब्जा गर्नसक्छ भन्दै चिन्ता व्यक्त गरेको छ।
नासाका प्रमुख रहेका बिल नेल्सनले चीनले सैन्य अभियान अन्तर्गत चन्द्रमालाई कब्जा गर्नसक्ने बताएका हुन्।
नेल्सन पूर्व अमेरिकी सिनेटर तथा अन्तरिक्षयात्री पनि हुन्। चीनले भने अमेरिकी भनाइलाई गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भनेको छ।
नेल्सनले हालै जर्मन पत्रिका बिल्डसँग भनेका थिए,‘हामी चीनको चन्द्र अभियानदेखि निकै सजग हुनपर्छ। चीनले चन्द्रमा हाम्रो हो र यहाँ कोही आउन पाउँदैन भन्नसक्छ।’
उनका अनुसार चीनले सैन्य अभियान अन्तर्गत चन्द्र अभियान संचालन गरिरहेको छ र यस विषयमा सबै सचेत रहनुपर्छ। चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिचियानले भने नासाको भनाइ ज्यादै तुच्छ र गलत भएको बताएका छन्।
चीनले पछिल्ला दिनहरुमा चन्द्रमामा आफ्नो रोवोटिक यानहरु पठाइरहेको छ। चीनले चन्द्रमासँगै मंगल ग्रहमा पनि यान पठाउने सोच बनाएको छ। यतिबेला चीनले अन्तरिक्षमा स्पेस स्टेसन पनि निर्माण गरिरहको छ।
अन्तरिक्षमा चीनले अनुसन्धान र अध्ययन बढाएसँगै अमेरिकामा चिन्ता थपिएको हो। अल्जाजिरा








प्रतिक्रिया