‘काली’ माताले चुरोट पिएको तस्बिर सार्वजनिक, विश्वभरका हिन्दू धर्मावलम्बी विरोध

न्यूज डेस्क     २०७९ असार २२, बुधबार २२:५६ बजे मा प्रकासित


जनकपुरधाम । भारतीय चलचित्रकर्मी लीना मणिमेकले निर्माण गरेको वृत्तचित्र ‘काली’को पोस्टर सार्वजनिक भएपछि यतिबेला विश्वभरका हिन्दू धर्मावलम्बीहरु रुष्ट बनेका छन्।

हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायत विश्वभरका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका हुन्।

यसले हिन्दू धर्मावलम्बीहरूको भावनमाथि चोट पुगेको भन्दै क्यानडाको ओटावास्थित भारतीय उच्च आयोगले विरोध जनाउँदै विज्ञप्तिसमेत सार्वजनिक गरेको छ।

यद्यपी उनले भने यो फिल्म ‘परफर्मेन्स डकुमेन्ट्री’ भएको जनाएकी छिन्। उक्त विवादास्पद पोस्टर हटाउने विषयमा सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराइसकिएको आयोगलाई उद्धृत गर्दै द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

पोस्टरमा कालीको एक हातमा लैंगिक अल्पसंख्यकहरूको प्रतिनिधित्व गर्ने प्राइड फ्ल्याग बोकेको बनाइएको छ भने अर्को हातमा त्रिशूल बोकेको बनाइएको छ। यसैगरी अर्को हातले उनले चुरोट पिउँदै गरेको देखाइएको छ।

प्रतिक्रिया





Top