जनकपुरधाम । धनुषाको खजुरी चन्हामा गाउँपालिकाबाट ६० लाख बजेट दिएको वडा अध्यक्ष यादवले सर्वजानीक गरेको छ ।
जनकनन्दिनी गाउँपालिकाका कार्यल्य बाट ६० लाख दिएको खजुरी चन्हा वडा ४ का वडा अध्यक्ष दिलीप कुमार यादवले आजको वडा कार्यल्यको सर्वदलीय बैठकमा सर्वजानीक गरेको हाे।
आजको सर्वदलीय बैठकमा खजुरी चन्हा गाउँका बुद्धिजिबी, प्रत्याशी वडा अध्यक्ष, समाजसेवी युवा नेता,सबै पार्टीका प्रतिनिधिहरु,गाउँका सर्वसाधारण आम नागरीकहरु र नव निर्वाजित वडा सदस्यहरुको उपस्थित थियो ।
वडा अध्यक्ष यादवले सर्वदलीय बैठकमा पाँच वटा प्रतिबद्धता जानाउनु भएको छ ।
१. खजुरी चन्हा धुलो र हिलो मुक्त वाड बनाउने ।
२.किसानहरुको लागि कृषि बाटो बनाउने ।
३.वडामा भएका बिधालयको शिक्षा स्तर राम्रो बनाउने ।
४. वडामा खेलकुदको लागि चाहिने सामग्री उपलब्ध गराउने ।
५. खजुरी चन्हाका प्रत्ये.क जनताको लागि हेल्थपोस्टमा समयमै औषधि उपलब्ध गराउने
भन्दै वडा अध्यक्ष यादव आजको सर्वदलीय बैठक सम्पन्न गरेको छ ।
प्रतिक्रिया