जनकपुरधाम । मोबाइल चोरीको आरोपमा पक्राउ परेका व्यक्तिको साथमा ८० राउन्ड गोली बरामद भएको छ ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय मोहम्मद प्यारे मोबाइल चोरीको आरोपमा पक्राउ परेको र उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।
असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका २९ थान मोवाइल, २ थान घडी र नगद ६१ हजार ५०० रुपैयाँ चोरी भएको थियो ।
चोरीमा संलग्न व्यक्तिको खोजतलासमा खटिएको प्रहरीले प्यारेलाई २८ गते राति पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएको मध्ये एउटा मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट पेस्तोलको ८० राउण्ड गोली बरामद भएको एसपी पोखरेलले बताए।
उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।








प्रतिक्रिया