प्रहरीले हाने जनकपुरमा छापा: मेडिकल समानसहित तीन नियन्त्रणमा

न्यूज डेस्क     २०७९ असार ३१, शुक्रबार १७:२७ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ मेडिकल समानको अबैध कारोबार भइरहेको आशंकामा संकटमोचन मन्दिर नजिकै रहेको एउटा भवनभित्र प्रहरीले छापा मारेको छ ।

डिएसपी दिपक राइ नेतृत्वको टोलीले मेडिकल समानको गोदाममा छापा मारेका हुन् । उक्त फ्लाइटबाट भारी परिमाणमा मेडिकल समानहरु, एउटा भारतीय नम्बर प्लेटको कार र तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । तीन जनाध्ये एक जना भारतीय डाक्टर रहेको बताइएको छ ।

अहिले छापामारी जारी छ । ‘मेडिकल समानहरु बरामद भएकाले तत्काल कति बराबरको भन्न सक्दिनँ,’ डिएसपी राइले भने, ‘अहिले घटनास्थलमै छौं । अनुसन्धान जारी छ ।’

भारतीय डाक्टरले अवैध रुपमा मेडिकल समानहरु भारतबाट ल्याएर यहा सप्लाई गर्ने गरेका थिए भन्ने प्रहरीको अनुमान रहेको हाे ।

प्रतिक्रिया





Top