विसुनदेव सरदार,लहान ।सिरहाको बरियारपट्टी गाउँपालिका रहेको नेशनल माईक्रोफाइनान्स लघुवित्त वितीय संस्था लिमिटेडद्वारा आयोजित सदस्य, अभिभावक, जनप्रतिनिधि र नागरिक समाज सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अन्तरक्रिया कार्यक्रम बिहीबार बरियारपट्टी गाउँपालिकास्थित श्री जनता माध्यमिक विद्यालय प्राविधिक धारमा गाउँका अगुवाहरुको भेला गरि अन्तरक्रिया कार्यक्रम गरिएको छ।
नेशनल माईक्रोफाइनान्स लघुवित्त वितीय संस्था लिमिटेड बरियारपट्टी शाखाका तर्फबाट कम्पनीको सि.ई.यो. रामबहादुर यादवको अध्यक्षता तथा
बरियारपट्टी गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्ष संतोष कुमार महतोको प्रमुख अतिथ्वमा कार्यक्रम गरिएको थियोे ।
बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोका अनुसार – ” अहिले लघुवित्त संस्थाहरुले हरेकलाई खुशी पार्न प्रयत्नरत्न” रहेको बताए । बैङकीँग कारोबार, सस्तोमा ऋण, गाई,गोरु पालन, मत्स्य पालन , खेती किसानीका लागि किसानलाई सस्तोमा ऋण दिइदै आइरहेको बताए । उनका अनुसार हाम्रो पालिका समृद्धको आधार अनुरुप लघुवित्त वितीय संस्था रहेको दाबी गरेका छन।
सि ई यो रामबहादुरका अनुसार – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्था हो । यस संस्थाको मुख्य उदेश्य लघुवित्त कार्यक्रम मार्फत समाजमा रहेका विपन्न तथा गरिब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्युनिकरणमा टेवा पुर्याउने रहेको बताए।
यो सँगै बरियापट्टीकै जीवछी देवी यादवले भने, लघवित्त संस्थाले ऋणदेखि लिएर सहयोग भावना दर्साउदै आएको परिस्थिति पुरक रहेको सहभागीहरु धारणा प्रस्तुत गरेकी थिइन।
ने क पा माओवादी बरियारपट्टी गाउँपालिकाका प्रत्यासी अजयकुमार यादव – किसानहरु अब आउने दिनमा ” भविष्य सुनिश्चित साथै समृद्धिको आधार हेतु बैंककीङ्ग कारोबार गर्न आग्रह गरेका छन। मिटरब्याज घातक रहेको संकेत भएकाले अहिलेको युग प्रविधि मैत्री रहेकाले बैङकीग कारोबार उचित ठानेका छन।
बरियारपट्टी गाउँका किसान, मजदु, बुद्धिजीवी, शिक्षक, राजनीतिककर्मी, अगुवा, नागरिक समाज लगायत
आजको लघुवित्त संस्थाको कार्यक्रममा उल्लेखनीय सहभागीता देखिएको थियोे ।








प्रतिक्रिया