राधेश्याम कुशवाहा,३१ असार सर्लाही।। सर्लाहीमा आज एकै दिन १ करोड ९७ लाख ३६ हजार ८ सय ६६ रुपियाको लागतमा निर्माण भएको २ वटा बिओपीको प्री फ्याब नवनिर्मित भवनको उदघाटन सम्पन्न भएको छ । सर्लाहीको बिष्णु गाउँपालिका स्थित सिमरा र बारा बिओपीका नवनिर्मित भवनलाई सशस्त्र प्रहरी बल, नेपाल न.२ छिन्नमस्ता बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिर्देशक गणेश ठाडा मगर ले उदघाटन गरेका छन । यो संगै सर्लाहीमा बिओपी संख्या ११ वटा पुगेका छन ।
नेपाल सरकारको मन्त्रीपरिषदको मिति २०६६/०८/०१ निर्णय अनुसार मिति २०७०/११/९ गते साविक सिमरा गाविस वडा न. ६ फेन्हरा हाल बिष्णु गाउँपालिका वार्ड न. ५ फेनहरा स्थित छोटी भन्सार कार्यालयको २ तले भवनमा विधिवत रुपमा सशस्त्र बल, नेपाल बिओपी सिमराको स्थापना भई गापा वार्ड स्थित गापाबाट प्राप्त भई स्थानान्तरण भईसकेको ५ कठ्ठा १५ धुर क्षेत्रमा नेपाल सरकारको आर्थिक बर्ष २०७७/७८ बिओपी निर्माणका लागि प्राप्त बजेट रु ९८ लाख ६८ हजार ४ सय ३३ को लागतमा नव निर्मित प्री फ्याब भवनमा २०७९/०१/१५ गते स्थानान्तरण भई कार्य संचालन गर्दै आइरहेको थियो ।
त्यस्तै, नेपाल सरकारको मिति २०७७ /११/ ७ गतेको निर्णयले २०७७/११/१९ गते जिल्ला सर्लाही, बिष्णु गाउँपालिका वार्ड न.१ स्थित वडा कार्यालयकै भवनमा बोर्डर आउट पोस्ट बाराको विधिवत रुपमा स्थापना वार्ड न.२ शेरा स्थित बिष्णु गापा बाट ३ कठ्ठा ५ धुर जग्गा प्राप्त भई नेपाल सरकारको आर्थिक बर्ष ०७७/०७८ बिओपी निर्माणका लागि प्राप्त बजेट रु ९८ लाख ६८ हजार ४ सय ३३ को लागतमा नव निर्मित प्री फ्याब भवनमा २०७८/१०/२८ गते स्थानान्तरण भइ कार्य संचालन गर्दै आएको थियो ।
यस सिमरा बिओपीको जिम्मेवारी ईलाका बिष्णु गापाको वार्ड न.५, ६, र ८ र गोडैता नपाको वार्ड न. ७ र ८ मा शान्ति सुरक्षा कायम गर्नुको साथै सानो सिमा स्तम्भ न.३३०/३ देखि सानो सिमा स्तम्भ न. ३३२/१२ अन्तर्गत ४.५ किमि सिमा रहेका छन । भने बारा बिओपीको बिष्णु गापा को वार्ड न. १, २, ३, ४ र ६ मा शान्ति सुरक्षा कायम गर्नुका साथै सानो सिमा स्तम्भ न. ३३०/३ देखी सानो सिमा स्तम्भ न. ३३२/१२ अन्तर्गत ३.५ किमि भित्रका सिमा सुरक्षा तथा निगरानी गर्नु रहेका हुन ।
सर्लाहीमा २ वटा बिओपीको एक साथ उदघाटन ऐतिहासिक सफलता रहेको सशस्त्र प्रहरी बल, नेपाल न.२ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनी पति प्रमुख अतिथि गणेश ठाडा मगरले बताए ।
बिओपीले स्थापना कालदेखी हालसम्म सिमा सुरक्षा तथा निगरानी, राजस्व छली, अबैध निकासी पैठारी, मानव तस्करी, लागुऔषध, हातहतियार खर खजना ओसारपसार नियन्त्रण लगायत विपद व्यवस्थापन कार्य गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेका छन ।
सुरक्षा र विकास एकै सिक्का का २ पटा हुन । सुरक्षा र अर्थतन्त्र एक्कलै अगाडि बढन सक्दैन । कुनै पनि विकास निर्माणलाई सुरक्षित राख्न सकिएन भने तत्काल विनाश पनि हुन सक्छ । सारा संसारलाई नियालेर हेर्दा पनि जुन देश सुरक्षालाई प्राथमिकता र महत्व दिएका छन । सुरक्षाको व्यवस्थामा राम्रो गरेका छन । सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढेका छन । ती देशहरु विश्वकै महाशक्तिको रुपमा आफनो पहिचान बनाउन सफल भएका उहाँको कथन थियो ।
सुरक्षाकर्मीको नजिक पर्ने बित्तिकै छोरी चेली बिग्रने सामाजिक मान्यता रहेका छन । ती सबै अन्धविश्वासी मान्यतालाई सुरक्षाकर्मी साथीहरुले आफनो व्यवहार र क्रियाकलापले जवाफ दिनुपर्नेमा उहाँले जोड दिए ।
हामी वर्षादेखि पाल टेन्टमा बसेर कार्यदेश र काम सम्पन्न गर्दै आइरहेका थियौ। अहिले यति बिओपीको स्थापना र पुर्वाधार निर्माण भइसकेको अवस्था र सहयोगी मनले सहयोग गरिसके पश्चताप हामीले फिर्तामा कार्यसम्पादन, कार्य क्षमता र नतिजामा सुधार ल्याउनु पर्छ । हाम्रो संगठनले लैङ्गकि हिंसा, मानव अधिकार र आर्थिक अपराध भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको अवधारणा लिएका कारण दोषी जो कोहीलाई क्षमायाचना नहुने निर्देशन दिए ।
कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेल,सशस्त्र प्रहरी बल, सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा, भैरवी दल गणका प्रमुख सेनानी अभिषेक कार्की, गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय यादव लगायत नागरिक समाज बुद्धिजीवी, जनप्रतिनिधि, संचारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।








प्रतिक्रिया