नेकपा माओवादी केन्द्र महेन्द्रनगरका युवा नेता विजय यादवलाई पुत्रशोक

न्यूज डेस्क     २०७९ श्रावण १, आईतवार ०८:३२ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका युवा नेता विजय यादव तथा क्षिरेश्वरनाथ नगरपालिकाको लागि प्रत्यासी मेयरका उम्मेदवार सुधा सिंहलाई पुत्रशोक परेको छ । शुक्रवार रौतहटको नुनथरस्थित बागमती नदिमा नुहाउने क्रममा २० वर्षीय छोरा पारश यादव बेपत्ता भएका थिए ।

शुक्रबार पारिवारिक भ्रमणको क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर पुगेका क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २० वर्षीय पारश यादव नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

शव खोज्ने क्रममा शनिबार ८ बजे फेला परेको छ । खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्कीरहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।

शवलाई सुरक्षाकर्मीले डोरीको सहायताले निकालेका छन् । शवको दुधमती नदिमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया





Top