आज श्रावण महिनाको पहिलो सोमबारी, शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो

न्यूज डेस्क     २०७९ श्रावण २, सोमबार १२:०२ बजे मा प्रकासित


मधेसपाटी डेस्क
जनकपुरधाम,२श्रावण।
श्रावण महिना शिवजीको सबैभन्दा प्रिय महिना हो । आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, सबैलाको सप्तेश्वरनाथ मन्दिर, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेको छ ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

प्रतिक्रिया





Top