जनकपुरधाम ।मधेश प्रदेशको कृषि मन्त्रालयमा आज तालाबन्दी गरिएको छ ।
मधेश प्रदेश सरकारको कृषि मन्त्रालय अन्तरगतका योजनाहरुमा भएको भ्रष्टाचारको छानविन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक, सिचाईको व्यवस्थाको माग गर्दै जनमत पार्टीले कृषि मन्त्रालयमा तालाबन्दी गरेको छ ।
जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार प्रदेश सरकारको कृषि मन्त्रालयमा तालाबन्दी गरिएको हो ।
आन्दोलनकारीहरुले राखेको माग सम्बोधन नभएसम्म मन्त्रालयमा ताला बन्दी रहनेछ । सरकारले जोर जबरजस्ती गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् प्रदेश सरकार नै हुनेछ ।








प्रतिक्रिया