मिथिला चित्रकला सबैका लागी आकर्षक केन्द्र

न्यूज डेस्क     २०७९ श्रावण ५, बिहीबार ०९:०५ बजे मा प्रकासित


जनकपुरधाम,५ साउन।
यहाँ स्थित भुमिसुधार तथा मालपोत कार्यालयका पर्खालको भित्ताहरुमा भगवान राम र सीताका चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । सीताको जन्म,विवाह र विदाईका दृश्यका साथै भगवान शिव र राधाकृष्ण लगायतका देवी देवताका आकर्षक मिथिला चित्र बनाइएपछि यति बेला उक्त कला हेर्न आउनेको भीड लाग्ने गरेको छ ।

९० मिटर लामो पर्खालका भित्तामा बनाइएका देवी देवताका कलात्मक र सन्देशमूलक मिथिला चित्रकला अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । मिथिला चित्रकलामा पोख्त मिथिला थिग्ंस जनकपुरकी पुनम कर्ण, रश्मी कर्ण, पुनम दत्त, सुखी कर्ण, अंजली साह लगायतको टोलीले विगत १५ दिनदेखि रंग र कुची समाएर चित्रलाई अन्तिम रुप दिने तयारीमा छन् । मिथिला चित्र कलामा आफ्नो भविष्य देखेपछि यतै लागेको बताउने पुनमले भनिन– “अबको दुई दिन मै यहाँको काम सकाएर अर्डर आएका अर्काे जिल्लामा जाने तयारीमा छु ।” मधेश प्रदेशमा अहिले विभिन्न कार्यालय, विद्यालय र स्थानीय तहमा मिथिला संस्कृति झल्किने मिथिला चित्रकलाको माग बढ्दै गएकाले आपूmलाई उत्साहित बनाएको अर्की मिथिला चित्रकलाकर्मी अंजलीले सुनाइन । धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइलाई दृष्टिगत गरी कार्यालय परिसर क्षेत्रलाई मिथिला कला मार्फत देवी देवताको चित्रले सजाइएको कार्यालय प्रमुख दिपेन्द्र कुमार झा को भनाइ छ । “यसले विभिन्न राजनीतिक दलद्वारा समय समयमा पर्खालका भित्तामा लेख्ने नारा र पोस्टर टाँस्ने कार्य रोकिनुका साथै पर्खालको आडमा जथाभावी पेशाव फेर्ने, पान र गुटखा खाएर पिक थुक्ने लगायतका गतिविधिलाई पनि निरुत्साहित पार्ने उनको तर्क छ । उनले यस कार्यका शम्भुनाथ नगरपालिकाले सहयोग जुटाई दिएको जानकारी पनि दिए ।

“सीताले नै रामको चरित्रलाई दिगो बनाएका कारण भगवान सीताको आदर्श मानव सभ्यता संस्कृतिका लागि अनुकरणीय छ, उनले भने–“यो संदेश दिन पनि कार्यालयलाई यसरी सजाइएको हो ।”उनले कार्यालयको बाहिरी सजावट संगै आन्तरिक सुधार र सेवा सुविधा चुस्तदुरुस्त बनाउन पनि आवश्यक काम थालिएको बताए । यसका लागि प्रत्येक फाँटमा सिसी टिभी क्यामरा जडान गरी निगरानी थालिएको छ भने विचौलियाको प्रवेशमा कडाइ गरिएको उनले जानकारी दिए । उनले सेवाग्राहीको चाप हेरेर राजविराज नगरपालिका र खडक नगरपालिकाको सहयोग जुटाई विश्राम कक्ष र उनीहरुलाई वस्नका लागि आवश्यक टेवुल कुर्सीको व्यवस्था पनि मिलाइएको जानकारी दिए । त्रेता युृगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार भगवान श्री राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको थियो । यसै कथालाई समेटेर मालपोत कार्यालयद्वारा गरिएको प्रयासले समतामूलक, सभ्य र सु–संस्कृत समाज निर्माणमा समेत सहयोग पुग्ने मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष सतिश कुमार दत्तको भनाइ छ ।

 

प्रतिक्रिया





Top