खेतमा गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमान सहित ३ पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण ७, शनिबार १४:०३ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, ०७ सावन सर्लाही ।। सर्लाहीमा ससुरालीबाट हराएकी भनिएको महिलाको शव ४८ दिनपछि प्रहरीले आफनै ससुराको खेतमा गाडेको अवस्थामा बरामद गरेको छ ।

प्रहरीले आफनै श्रीमतीलाई हत्या गरी खेतमा गाडेको आरोपमा श्रीमान सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका वार्ड न. १ निवासी मृतक महिलाको पति बलदत्त भनिने रमजेश कुमार राय, ससुरा बुबा राम प्रताप राय र देवर राजु यादव रहेको प्रहरीले जनाएको हो ।

महोत्तरी जिल्लाको सोनमा गापा वार्ड न.६ मगरथाना निवासी रामकैलास रायको २० बर्षिय मृतक छोरी निशा यादव को एक बर्ष अघि समाजिक परम्परा अनुसार बिहेको भएको थियो ।

गएको ज्येष्ठ २३ गते मृतक महिलाको बुबा कैलाश राय यादव ले छोरी हिजोदेखि ससुरालीबाट हराई बेपत्ता भएको भन्दै खोज तलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा हुलिया सहितको निवेदन दिएको थियो । त्यसकै भोलिपल्टै मृतक महिलाको ससुराले पनि बुहारी निशा यादव हराएको भन्दै खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए ।

घर परिवार तथा शंकित व्यक्तिहरुसँगको सोधपुछ तथा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निज निशा यादवको ससुराका घर परिवारको सदस्यहरु उपर शंका लागि मृतक महिलाको श्रीमान बालदत्त
भन्ने रमजेश कुमार राय, ससुरा राम प्रताप राय र देवर राजु यादवसँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा घटनाको रहस्य खुलेको प्रहरीले जनाएको हो ।

घटनाको अनुसन्धान गर्ने क्रममा निशा यादवलाई हत्या गरी आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै अ.२ कठ्ठा क्षेत्रफल (किता न.हाल एकीन नभएको ) खेतमा खाल्डो खनी शव पुरेका छौ भनि बताएपछि सावन ६ गतेका दिन अन्दाजी ९ बजेको समयमा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक.प्रवीण पोखरेल समेतको अनुसन्धान टोली खटी घटना स्थलमा पुगेका थिए ।

उनिहरुले देखाएको स्थानमा स्थान धान रोपेको खेतको आली छेउमा लम्बाई ५ फिट ३ ईन्च, चौडाई ४ फिट १ ईन्च र गहिराई ६ फिट २ ईन्च खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको
साडी तथा सडी गलेको अवस्थामा लाश फेला पारेको थियो ।
घटनास्थलमा कानुन बमोजिम लाश जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया





Top