नेपाल विधुत प्राधिकरण वितरण लहानका कर्मचारी ठुलालाई चैन किसान बेचैन

मधेशपाटी अनलाइन     २०७९ श्रावण ७, शनिबार २०:३९ बजे मा प्रकासित


विष्णुदेव सरदार, लहान ७ साउन। तराई मधेशमा हिजोआज सुख्खाखडेरी परेर किसान निराश महसुस गरिरहेका छन। यता, नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहान सिरहाको कर्मचारी, प्रहरी मलेर कमाल देखाइ रहेको छ।

किसानको खेतमा खडेरी लागि सकेका छन । अहिले साहारादिने कोही देखिएन, बरु किसानलाई पीडामाथी पीडा थपिएको देखिन्छ । मलखाद्यको समस्या पहिलादेखि नै देखियो । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहान कर्मचारी प्रमुख जितेन्द्र यादव पावर प्रभुत्व आडमा किसानलाई राखेको पाइएको छ । खडेरी टाल्न खेतमा लगाइएका पानी मोटर प्रहरी, कर्मचारी मिलेर मान्छेसमेतलाई खेतबाट उठाएर ल्याउनु, यो लोकतन्त्रमाथि प्रहार भएको मानिन्छ । किसानलाई कृषिमिटर समयमा नदिनु कार्यालय प्रमुखको कमी कम्जोरी हो। बिनाकसुरमा किसानमाथिको प्रहार भइरहेको छ, किसानलाई दु:ख सास्ती पीडा शोषण जस्ता क्रियाकलाप नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण रहेको छ।

 

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्र यादवको कर्तुतले किसानलाई सास्ती खेप्नु परेको देखिन्छ । कर्मचारीलाई पावर पाएको आडमा किसानको खेतबाट पानी मोटर पम्पसँगै किसानलाई समेत उठाएर लाउने गरेको पाइएको छ। र ती मोटर पम्प र मानिस छुट्याए बापत हजारौं हजार रकमको बील काटदा किसान बिचल्ली देखिन्छ । कृषितर्फ सरकार तथा कुनै निकायको चाहे जति चासो देखिएको छैन ।

 

नेपाल कृषि प्रधान देश, कागजमा मात्र सिमित रहेको सर्वविदित्तै छ। योसँगै आकाशे पानी नपर्दा किसान दु:खी र चिन्तित भएका छन। नेपाल विधुत प्राधिकरणका हाकिमले किसानलाई यतिबेला सताउने सास्ती हुने काममात्र गरेको पाइएको छ।

खेतमा पानी पटाउँदै गरेको अवस्थामा मंगलबार ३४ वटा मोटर समातेका छन।

नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादव किसानलाई समयमा कृषि मिटर नदिइपछि बाध्य भएर हुकिङ्ग गरि मोटर ( पानी पम्प ) चलाइरहेका पिडितहरुले गुनासो गरेका
छन। पिडित किसानहरूको समुहका अनुसार घुस खाएर तुरुन्त मिटर दिने गरेको बताइएको छ।

 

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानले मंगलबार ३४ थान पानी मोटर पम्प समातेर किसानलाई दु:ख दिने गरेको अनुमान लगाउन सकिन्छ ।

नेपाल कृषि प्रधान देश, कागजमा मात्र सिमित रहेको सर्वविदित्तै छ। तर पनि, आकाशे पानी नपर्दा किसानहरु यतिबेला चिन्तित बनेको अवस्था छ।

किसान खेतीपातीको काम सिध्याउन मोटरपम्प प्रयोग गर्दा नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादवले निर्दयी तरिकाबाट मोटरपम्प र मानिस समेतलाई कर्मचारी, प्रहरी प्रयोगगरि सास्ती दिने गरेको र किसानको समस्या नबुझेको देखिन्छ ।

समातेका सम्पूर्ण पानी मोटर पम्पहरुलाई मनमानी र पहुँचको आधारमा गोप्य तरिकाबाट बिक्रीवितरण र कार्यालयको कर्मचारीहरुको सेटिङ्गमा घर लग्ने गरेकोे खुलेको छ। कतिपय सेवाग्राहीका अनुसार यस विधुत कार्यालयमा व्यापक अनियमितता भइरहेको दाबी गरे।

ठुलालाई चैन सानालाई बेचैन मात्र देखिएको छ र प्रसंग यही रहेको ठहर गरेका छन।

यतिबेला किसान समस्याले ग्रसित छन। समस्या बुझ्ने कोही पनि छैन । नेपाल विधुत प्राधिकरण , कृषि सामाग्री , साल्ट ट्रेडिङ लगायत स्थानीय सरकार पनि हचुवामा निर्भर देखिन्छ ।

यो सँगै ‘मानवता’ भन्ने शब्द पदीय व्यक्तिलाई हुदैन । यही अनुरुप प्रमुख जितेन्द्र यादव पनि एक हो । पदको सदुपयोग गर्ने कम भेटिन्छ तर दुरुपयोग गर्ने धेरै भेटिन्छ । अहिले प्रयाप्त पानी नपर्दा किसानको खेतमा “चिराचिरा ” परेको अवस्था देखिन्छ ।
खेतमा पानी नहुँदा घाँस-भुसाले भरिदै गइरहेको छ। धान सुक्दै, मौलाउदै गइरहेको छ। किसानलाई तर्साउने, दुख , यातना , पीडा दिने जो कोही व्यक्ति अपराधी हुने भएकोले यस्ता कार्यालय प्रमुख जितेन्द्र यादवलाई कार्वाही हुनुपर्ने सरोकारवालासँग माँग गरेका छन।

आकाशे पानी नपरेसम्म किसानलाई चाहे जति पानी पटाउने वातावरणको सृजना गरिदिन सिरहाका पीडित किसानहरूले अनुरोध गरेका छन ।

प्रतिक्रिया





Top