सुकुम्बासी समस्या समाधान गर्न भुमि आयोग र नगरपालिकाबीच सम्झौता

न्यूज डेस्क     २०७९ श्रावण १३, शुक्रबार ०७:४३ बजे मा प्रकासित


जनकपुरधाम । सुकुम्बासी समस्या समाधान गर्न भुमि आयोग र धनुषाको हंसपुर नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ । नगरपालिकाभित्रका सुकुम्बासीको पहिचान गरेर उनीहरुको व्यवस्थापनमा भुमि आयोगले सहयोग गर्ने गरी सम्झौता भएको छ ।

बिहीबार भुमि आयोगमा सुकुम्बासीको पहिचान गरेर उनीहरुको यकिन संख्या उपलब्ध गराएपछि भुमि आयोगले व्यवस्थापनमा सहयोग गर्ने सम्झौता भएको नगरपालिकाका मेयर प्रदिप यादवले बताए । मेयर यादवका अनुसार नगरपालिकाभरि रहेका सुकुम्बासीहरुको व्यवस्थापनमा भुमि आयोगले सहयोग गर्ने भएको छ ।

नगरपालिका भित्रको सुकुम्बासीहरुको विवरण संकलन गरेर भुमि आयोगमा पठाइने उनले बताए । लामो समयदेखि जायजेत्था नभएर ऐलानी सार्वजनिक भुमिमा बास बसेका नागरिकलाई बास बस्ने व्यवस्था नगरपालिकाको सहयोगमा भुमि आयोगले गर्ने भएको छ ।

प्रतिक्रिया





Top