१४ वर्षीय नाबालिकालाई बलात्कारपछि गर्भ बोकाए ५९ बर्षीय पुरुष पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण १३, शुक्रबार ०८:३३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ बेंगाडावरमा बलात्कार गरी एक १४ बर्षीया नाबालिकालाई गर्भवती बनाएको घटना सार्वजानिक भएका छन । बलात्कृत नाबालिकाका अभिभावकले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो ।

प्रहरीले उजुरीको आधारमा बिहिवार बलात्कार आरोपित स्थानीय ५९ बर्षीय सोमबहादुर घिसिङ्गलाई पक्राउ गरेको हो । गत बैशाख ५ गते खर्साङ्गे डाडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती नाबालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरी जनाएको छ ।

नाबालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंंहले जानकारी दिए । उनले पक्राउ परेका घिसिङ्गलाई जबरजस्ती करणी मुद्दामा शुक्रवार धनुषा जिल्ला अदालतबाट म्याद थप गराउने तयारी रहेको जनाए ।

प्रहरीका अनुसार बलात्कृत नाबालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डर तरास देखाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ । घटनाको तीन महिनापछि शुक्रवार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । बलात्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

 

बलात्कृत नाबालिकाको शुक्रवार स्वास्थ्य परिक्षण गराईने र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया





Top