सर्लाही: टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज डेस्क     २०७९ श्रावण १३, शुक्रबार १५:२५ बजे मा प्रकासित


मधेसपाटी डेस्क
सर्लाही,१३ साउन।
सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रौतहटको ईशनाथ गाँउपालिका–५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो ।

साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले आज बिहान पौने ९ बजे ठक्कर दिएको थियो । ​
टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया





Top