रौतहट,१७ साउन। मधेश प्रदेशको एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयभित्रै कुर्शीमा श्रीमतीसंग मोजमस्ती टिकटोक बनाउँदा चौतर्फी आलोचना भएको छ ।उनको श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ।
रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ।
साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको बुझिन्छ।
नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो।
केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्।
नगरपालिकाको प्रतिष्ठा र आफ्नो मर्यादालाई खिल्ली उडाउँदै नि. प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो बाहिर आएको छ।
हाल यो भिडियो उनको श्रीमतीकी टिकटाेक आइडी प्रोफाइलबाट डिलिट गरिएको हो ।








प्रतिक्रिया