जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ मा दुई कोठे दलित भवनको उद्घाटन गरिएको छ ।
दुईवटा कोठा, शौचालय र पानीको व्यवस्था भएको सो भवनलाई पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव र प्रदेश साँसद चमेली देवी दासले संयुक्त रुपमा एक समारोहबीच उद्घाटन गरेका हुन । सोही वडामा दुईकोठे सामुदायिक भवनको पनि उद्घाटन गरिएको जनाइएको छ ।
प्रदेश साँसद चमेली देवी दासको संसदीय बजेटबाट दलित भवन निर्माण गरिएको छ भने पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवको बजेटबाट दुई कोटे समुदायिक भवन निर्माण गरिएको जनाइएको छ ।

जनता समाजवादी पार्टीका वडा अध्यक्ष सुधिर कुमार यादवको अध्यक्षमा भएको भवन उद्घाटन समारोहमा स्थानीयवासी, विभिन्न दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया