नारायणगढ–मुग्लिन सडकखण्ड २३ घण्टापछी खुल्यो

न्यूज डेस्क     २०७९ श्रावण १८, बुधबार ०६:४१ बजे मा प्रकासित


मधेसपाटी डेस्क,१८ श्रावण।
लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक अहिले रातिबाट खुलेको छ । सोमबार राति  ११ बजेदेखि  अवरुद्ध भएको सडक मंगलबार पौने १० बजेबाट खुलेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा पहिरो खस्दा हिजोबाट नै सडक अवरुद्ध भएको थियो ।

ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको र अहिले दुइतर्फी रुपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया





Top