साना तथा खुद्रे व्यापारीद्वारा `जनकपुर उपमहानगर´ मा मेयर साह विरुद्ध आन्दोलन गर्ने चेतावनी

न्यूज डेस्क     २०७९ श्रावण २१, शनिबार ०६:३२ बजे मा प्रकासित


जनकपुरधाम,२१ साउन। मधेस प्रदेश स्थित धनुषा जिल्लाको जनकपुरधाममा रहेको बिश्व प्रसिद्ध जानकी मन्दिर वरिपरि फुटपाथमा व्यवसाय गरी गुजारा चलाउँदै आएका साना तथा खुद्रे व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर विरुद्ध आन्दोलन गर्ने भएका छन् । मेयर मनोजकुमार साहको निर्देशनमा सडक छेउमा पसल थापेर व्यवसाय गर्दै आएका साना व्यापारीहरूलाई दुःख दिएको भन्दै उनीहरुले आन्दोलन गर्ने भएका हुन् ।

व्यापारीहरुले आइतबारदेखि जनकपुरधाम उपमहानगरपालिका र मेयर साहको विरोधमा आन्दोलन गर्ने तयारी गरेका छन् । सडक छेउको फुटपाथ खाली गरेपछि साना तथा खुद्रे व्यापारीहरूको जीविकोपार्जनमा संकट उत्पन्न भएको भन्दै आन्दोलन गर्ने निर्णयमा पुगिएको व्यवसायी नेता सुशील कर्णले बताए ।

उनले भने, ‘जानकी  मन्दिर वरिपरिको फुटपाथ व्यापार गर्नेहरुका लागि जीविकोपार्जनका लागि उचित व्यवस्थापन मिलाउन नसक्दा मेयर मनोज साहविरुद्ध संघर्षमा उत्रिनु परेको हो ।’

 

 

प्रतिक्रिया





Top