जनकपुरधाम । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।
पार्टी उपाध्यक्ष ई बसन्त कुशवाहा, श्रीमति बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।सरकारले मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घोषणा गरेपछि आयोगले त्यसको तयारी थालेको छ।








प्रतिक्रिया