धनुषामा प्रशासकीय अधिकृत ठाकुरको असमायिक मृत्यू भएपछि कार्यालय बन्द

मधेशपाटी अनलाइन     २०७९ श्रावण २५, बुधबार ११:४२ बजे मा प्रकासित


जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाको प्रशासकीय अधिकृतको असमायिक मृत्यू भएपछि कार्यालय बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकिय अधिकृत वालविर ठाकुरको बुधबार विहान असमायिक मृत्यू भएपछि एकदिन कार्यालय बन्द रहने सूचना जारी गरिएको छ ।

कार्यालय शोकाकुल अवस्थामा रहेको हुँदा बुधबारलाई कार्यालयको सम्पूर्ण कार्य स्थगित रहने कार्यालयले एक सुचना जारी गर्दै जनाएको छ।

अधिकृत ठाकुरको हृदयघातबाट मृत्यू हुनुको साथै कार्यालय ८/९ जना कर्मचारीहरुमा भाइरल ज्वरोबाट संक्रमित भइ आइसोलेसनमा रहेको हुँदा आज एक दिनको लागि कार्यालयका सेवा बन्द रहने सुचनाबाट जानकारी दिइएको छ ।

 

 

प्रतिक्रिया





Top