मधेश प्रदेशमा १३६ जना ल्याब टेक्निसियन माग

न्यूज डेस्क     २०७९ श्रावण २६, बिहीबार ०८:१३ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश सरकारले स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन माग गरेको छ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले करार सेवामा उक्त संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो।

यस्तै १३६ जना कार्यालय सहयोगी पनि माग गरेको छ।

आज सूचना निकालेर श्रेणीविहीन कर्मचारी करार सेवातर्फ माग गरेको हो।

प्रदेश निदान केन्द्र सञ्चालन गर्न सरकारले करार सेवामा कर्मचारी मागेको हो।

इच्छुकले १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन्।

प्रतिक्रिया





Top