मौसम पूर्वानुमान: यी प्रदेशमा हुदैछ वर्षा

न्यूज डेस्क     २०७९ श्रावण २९, आईतवार ०७:०७ बजे मा प्रकासित


 

जनकपुरधाम। देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया





Top