दुई ट्रक रासायनिक मल किसानको कब्जामा

न्यूज डेस्क     २०७९ श्रावण २९, आईतवार १५:४८ बजे मा प्रकासित


जनकपुरधाम। पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताए ।

भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।

पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन् । त्यसैले किसान आक्रोशित छन्।

 

प्रतिक्रिया





Top